ई–आर्थिक, काठमाडौं । ललितपुर महानगरपालिका–१९ कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
सभाले शेयर लाभांश कोषमा जम्मा रहेको रकमबाट सदस्यलाई १८ प्रतिशत शेयर लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संस्थाले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा बचत (निक्षेप)तर्फ रू. १ अर्ब ८२ करोड ४ लाख रुपैयाँ संकलन गरेको छ भने संस्थाको वार्षिक कुल कारोबार २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको संस्थाले उल्लेख गरेको छ ।
संस्थाको जगेडा कोष तथा अन्य कोष गरी २८ करोड ९६ लाख रुपैयाँ कायम रहेको छ । संस्थाले गत आवमा ५ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको छ । सो अवधिमा २ करोड १६ लाख रुपैयाँ राजस्वमा योगदान गरेको बताइएको छ ।