ई–आर्थिक, उदयपुर । उदयपुरमा एकै परिवारको तीन जनाको विभत्स हत्या भएको अवस्थामा शव खेत र खोला किनारमा भेटिएको छ । जिल्लाको बेलका नगरपालिकामा मैनामैनीमा शुक्रबार बिहान एकै परिवारका बाबु, आमा र छोराको शव भेटिएपछि हत्या भएको हो ।
बेलका नगरपालिका ७ को मैनामैनीमा भएको घटनामा बाबु, आमा र छोराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश पोदारका अनुसार हत्या भएकाहरुमा ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीया सुजन बस्नेत रहो छन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रण लिएको छ ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।