ई–आर्थिक, काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ट सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरुसंग समन्वय गरी आफ्नो ग्राहक वर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।
सिभिल बैंकका ग्राहकहरुले अव निम्न साझेदारहरुबाट विभिन्नबस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट मोवाइल बैंकिङ्ग एप’ अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा विभिन्न २९ व्यवसायिक तथा सेवामूलक कम्पनीहरुमा आकर्षक छुटहरु पाउने व्यवस्था गरेको हो ।
जसमध्ये लेखनाथ होटल ट्रेनिङ, सत्कार होटल एण्ड स्पा, पाँचथर अप्टिकल एण्ड मोबाइल हाउस, गण्डकी भान्सा एण्ड रेष्टुरेन्ट, भोले बाबा काठ फर्निचर उद्योग, नान्सी होटल, गणपति होटल एण्ड रिसोर्ट, लेट मि इन, मास्के ग्रोसरी मार्ट रहेका छन् ।
त्यसैगरी होटल झिनेवा तथा राप्तीभ्यूज, साम्देन ट्रेड लिंक, हेयर एण्ड शान्ति युनिसेक्स सेलुन, वी केयर हेल्थ सेन्टर, युनिभर्सल साइकल ट्रेड, सान्दार क्याफे, श्री बालाजी डाइमण्ड, हायत एक्सक्लुसिभ फ्रेब्रिक, लानेट लउञ्ज, होटल स्वाद, शिसा लाउञ्ज बार एण्ड गेष्ट हाउस, सी.यु. क्याफे रेष्टुरेन्ट, एमएसडी इन्डस्ट्रीज, फिल दि केक, जेसी पेनी, मोरिसन क्याफे, रेडबिन रेष्ट्रो र रेड रक रेष्ट्रो रहेका छन् ।
बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताउनु भयो ।
करीब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे जानकारी दिएको छ ।