२०८३ साउन ९ शनिबार

थाइल्यान्डबाट फर्के पूर्वराजा, विमानस्थलमा भब्य स्वागत

ई आर्थिक    शुक्रबार, साउन ६ २०७९
2.5K
Shares
थाइल्यान्डबाट फर्के पूर्वराजा, विमानस्थलमा भब्य स्वागत

ई–आर्थिक, काठमाडौं । करिब एक महिनाको थाइल्याण्ड बसाइबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्केका छन् । पूर्वराजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बेलुका भव्य स्वागत गरिएको छ ।

उनी पूर्वरानी कोमलसहित शुक्रबार बैँककबाट काठमाडौँ ओर्लिएका हुन् । उनीहरुको साथमा पूर्वयुवराज्ञी हिमानी शाह पनि बैँककबाट फर्किएकी छन् ।

उनीहरुलाई सयौँको संख्यामा शुभेच्छुकहरुले विमानस्थलमा स्वागत गरेका थिए । नातिनीहरु पूर्णिका र कृतिकाको ग्र्याजुएसनका लागि पूर्वराजदम्पति थाइल्यान्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij