२०८३ साउन ९ शनिबार

गभर्नर अधिकारी विरूद्ध वासिएलको अख्तियारमा उजुरी, योग्यता नपुगेको आरोप

ई आर्थिक    मंगलबार, साउन ३ २०७९
7.3K
Shares
गभर्नर अधिकारी विरूद्ध वासिएलको अख्तियारमा उजुरी, योग्यता नपुगेको आरोप

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी विरूद्ध अख्तियारमा उजुरी परेको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।

गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान भए पनि गभर्नर अधिकारीले कुनै पनि विषयमा स्नातकोत्तर पास नगरेको वाइसिएलको उजुरीमा उल्लेख छ । वाइसिएलका संयोजक सुमन अधिकारीले आयोगमा दर्ता गरेको उजुरीमा उनले योग्यता ढाँटेर गभर्नर पदमा नियुक्ति लिएको उल्लेख छ ।

गर्भनर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको विवरण अनुसार उनले सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उर्तीण गरेका हुन् भने भारतबाट सन् १९९३ मा ‘सीए’ सकेका हुन् ।
उजुरीमा सीए अध्ययनलाई स्नातकोत्तर मान्ने भनी कुनै पनि आधिकारिक निकायले नभनेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij