ई–आर्थिक, काठमाडौं । बैंकका सहायक कम्पनीहरुले पनि ब्रोक्ररको लाइसेन्स पाउने भएका छ्न ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ सन्सोधन गर्दै बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिन सकिने ब्यवस्था गरेको हो ।
बोर्डले बैंकका सहायक कम्पनीहरुले ६० करोड चुक्ता पूंजी राखेर पूर्ण सेवा दिने सक्ने ब्रोकर लाइसेन्स दिन सकिने ब्यवस्था गरेको हो ।