ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकले युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छूट पाउने भएका छन् । त्यसका लागि बैंक र फिटनेस सेन्टरबीच सम्झौता गरिएको छ ।
छूट लिनका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ । युरोपा फिटनेस सेन्टर ललितपुरको ग्वार्कोमा रहेको छ । बीओकेले हाल १०३ शाखा, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।