२०८३ साउन १० आइतबार

कुमारी बैंकका ग्राहकले बुटवलस्थित महाराजा रिसोर्टमा विशेष छुट पाउने

ई आर्थिक    बुधबार, असार ८ २०७९
3.1K
Shares
कुमारी बैंकका ग्राहकले बुटवलस्थित महाराजा रिसोर्टमा विशेष छुट पाउने

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रालि बीच कुमारी बैंकका ग्राहक महानुभावहरुलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गर्नुभयो ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij