२०८३ साउन ९ शनिबार

दावा गोलीकाण्डमा डनहरूको करोडौंको स्वार्थ : कांग्रेस सांसद फस्ने खतरा

ई आर्थिक    शुक्रबार, बैशाख २२ २०७४
5.4K
Shares
दावा गोलीकाण्डमा डनहरूको करोडौंको स्वार्थ : कांग्रेस सांसद फस्ने खतरा

२२ वैशाख, काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको झण्डै एक महिना वित्न लाग्दा पनि प्रहरीले घटनाका विषयमा कुनै पनि सुईको पाउन सकेको छैन । लामा आफ्ना सहयोगीहरुको डिजाइनमा चल्दा र घटनाबारे प्रहरीलाई असहयोग गरेका कारण महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरले अहिलेसम्म घटनाको यथार्थ बाहिर ल्याउन नसकेको हो ।

प्रहरी स्रोतका अनुसार काभ्रेली समूह र चितवनमा गुण्डागर्दी गर्दै आएको एक समूहले पैसा वार्गेनिङका लागि केही व्यक्तिहरू विरुद्ध प्रहरीमा जाहेरी दिन लगाएर घटनाका मुख्य अभियुक्तलाई छुटकारा दिई निर्दोषलाई फसाउने षड्यन्त्र गरेका छन् । सोही षड्यन्त्रलाई पूरा गर्न दावाका सहयोगी इन्द्रकमल बुढाथोकीले गत साता राम गिरी र राजन श्रेष्ठविरुद्ध बौद्ध प्रहरीमा किटानी जाहेरी हालिएको भन्दै विभन्न सञ्चारमाध्यमहरूमा इमेल पठाउन लगाएका थिए ।

यद्यपि क्लव डेबाजुका सञ्चालक गिरी र श्रेष्ठविरुद्ध बौद्ध प्रहरीमा भने कुनै जाहेरी परेको छैन । दावा र बुढाथोकीले गिरी र श्रेष्ठसँग रकम असुल्नकै लागि बार्गेनिङ टुल्सका रुपमा उक्त हतकण्डा अपनाएको प्रहरीमा चर्चा छ । केही समय अघि गिरीद्धारा सञ्चालित उक्त क्लवमा दावाको समूहले गिरीमाथि आक्रमण गरेको थियो । त्यस लगत्तै गिरीले प्रहरीमा दावाविरुद्ध जाहेरी दिएका थिए ।

dawa-lama

त्यसैको प्रतिसोध स्वरुप र उक्त क्लवबाट जवर्जस्ती सेयर हत्याउनकै लागि दावाले गिरीविरुद्ध जाहेरी हाल्न लागेका हुन् । चितवनको टाँडी घर भएका बुढाथोकी चितवनकै कमीला समूहमा रहेर गुण्डागर्दी र प्रहरीमा दलाली गर्दै आइरहेको प्रहरी अधिकारीहरु बताउँछन् । बनमन्त्री शंकर भण्डारी र दीपक मनाङ्गे निकट रहेका बुढाथोकीले दावाबाट पछिल्लो समय पीडित बनेका गिरी र श्रेष्ठविरुद्ध जाहेरी हाल्नुपर्छ भन्दै उचालेर बार्गेनिङ गरिरहेको स्रोत बताउँछ ।

दावाले विभिन्न व्यक्तिहरुबाट लुटेको पैसामा मोजमस्ती गर्दै आएका बुढाथोकीको कुनै पेशा नभएपनि उनी बेला बेला विदेश पुग्छन् भने दरबारमार्गका महंगा रेष्टुरेन्टहरुमा बसेर दलाली समेत गर्न भ्याउँछन् । प्रहरीमा दलाली गर्ने बुढाथोकीले उक्त झुटो जाहेरी हालेको हल्ला गराई प्रहरीबाटै गिरी र श्रेष्ठसँग करोडौं बार्गेनिङ गर्न लगाएको समेत चर्चा छ ।

जबकी उक्त गोली काण्डमा उनीहरुको कुनै संलग्नता नभएको महानगरिय अपराध महाशाखा र परिसरको टोलीले गरेको छानविनबाट पुष्टि भइसकेको छ । लामामाथि चैत २९ गते बिहान गुह्वेश्वरी नजिक दिब्या पार्टी प्यालेसमा गोली प्रहार भए लगत्तै काठमाडौंका एसएसपी छविलाल जोशी र केही व्यक्तिलाई लोप्साङ राई नाम गरेका व्यक्तिले फोन गरी घटनाको जिम्मेवारी लिएको दावी गरेका थिए ।

राई दावाका मुख्य दुस्मन रहेका समिरमानसिंह बस्नेतका सहयोगी हुन् । कहिले भारतको दिल्ली त कहिले बैंङकक बसेर राजधानीमा असुली धन्दा मच्चाउँदै आएका बस्नेतले दावामाथि गोली प्रहार गर्न लगाएको निष्कर्षमा प्रहरी पुग्नलाग्दा पनि दावाले नै सूचना लुकाएर प्रहरीलाई नै असयोग गरेका छन् ।
काभ्रेली समूहका नाइके गणेश लामा
यता, काभ्रेली समूहका नाइके गणेश लामा, विष्णु लामा र प्रदीप बोगटीसँग पनि बेला वखत दावाको लफडा हुँदै आएको छ । तर, पछिल्लो समय गणेश लामाले भने दावालाई सहयोग गर्दै आएका छन् ।

गणेशले पनि आफूसँग रिसिवी साँध्ने व्यक्ति, ठमेल र दरबारमार्गमा काभ्रेली समूहलाई टक्कर दिने गरी रेष्टुरेन्ट र क्लवमा लगानी गरेका व्यापारी तथा आफ्नो व्यवसायमा धक्का दिने खालका व्यक्तिलाई मुछेर प्रहरीले अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरु विरुद्ध किटानी जाहेरी दिन दावालाई उकासेका छन् ।

उता, गुन्डा नाइके दावा लामालाई नेपाली कांग्रेसका सांसद तीर्थ लामाले सहयोग गर्दै आएका छन् । दावा लामाका अपहरण, हत्या, गुन्डागर्दी, जबरजस्ती असुली जस्ता गैरकानूनी क्रियाकलापलाई राजनीतिक संरक्षण दिने गरेका छन् । सांसद लामाले नै दावा लामा गोलीकाण्डको अनुसन्धानमा असहयोग गरेर आफ्ना दुश्मनहरूलाई छानिछानी तह लगाउने कार्य गरिरहेको खुलेको छ । दावा लामा गोलीकाण्डमा फस्ने डरले नै कांग्रेस सांसद तीर्थ लामाले प्रहरीलाई अनुसन्धानमा अहसयोग गरेको स्रोतको भनाइ छ । यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij