२०८३ साउन १४ बिहिबार

नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

ई आर्थिक    बुधबार, कार्तिक २४ २०७८
5.3K
Shares
नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

ई–आर्थिक, काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा मिती २०७८/०७/२५ गते देखी २०७८/०८/०३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३,०००/– क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३,५००/– सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन बैंकले अनुरोध गरेको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij