२०८३ साउन ९ शनिबार

जङ्गली च्याउ खाँदा इलाममा एकै परिवारका छ बिरामी

ई आर्थिक    मंगलबार, बैशाख १२ २०७४
3.7K
Shares
जङ्गली च्याउ खाँदा इलाममा एकै परिवारका छ बिरामी

१२ वैशाख, इलाम । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू र ७५ वर्षीया दलहाङमा लिम्बू सिकिस्त भएका हुन् ।

सोमबार आफ्नै घरको बारीमा फलेको च्याउको तरकारीसँग खाना खाएपछि उनीहरु बिरामी परेका हुन् ।

च्याउ खाएर बिरामी भएका सबैको अवस्था गम्भीर रहेको इलाम अस्पतालका हेल्थ असिस्टेन्ट टिका लुइँटेलले जानकारी दिनुभयो । उनीहरूलाई इलाम अस्पतालमा सामान्य उपचार गरेर सोमबारै थप उपचारका लागि धरानतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij