ई–आर्थिक, काठमाडौं : टिभियस मोटर कम्पनीको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको थियो ।
उक्त राइड असोज १६, २०७८ गतेशनिबारको दिननक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।
भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्य चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएनक्लबको गठन गर्नु थियोे ।
यसले सबै राइडरहरुलाई एकअर्कासंग जुड्नका लागी र आफ्नो एनटर्किएनअनुभव एकअर्कासँग बाडँ्न मद्दतगरेको छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइनदर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षाप्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।
जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भन्नुभयो, “हामीहाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदाअत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहित युवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु ।
म आशा गर्दछु कि हामीले यो कार्यव्रmम आयोजनागर्दा जति रमाइलो अनुभव गर्यौ एनटर्कियनराइडरहरुले पनि यस राइडमा त्यति नै रमाइलो अनूभूति गर्नुभयो । हामीहा म्राग्राहकहरुको लागी सबै भन्दा उच्चस्तरको सेवा प्रदान गर्नमा दृढ विश्वास गर्दछौं । राइडरहरुले हामी प्रति देखाउनु भएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरु सेट गर्न तथा तिनीहरुलाई सफल पार्न प्रेरित गरेको छ ।”
सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी विक्री हुने स्कुटर बन्न पुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टिभियसका पाँच प्रकारहरु रहेका छन् जसमाएनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।