२०८३ साउन १९ मंगलबार

जीवन बीमाको व्यवसाय २ खर्ब ४अर्ब नाघ्यो, नेपाल लाइफ सबैभन्दा अगाडि

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
399
Shares
जीवन बीमाको व्यवसाय २ खर्ब ४अर्ब नाघ्यो, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसायको आकार दुई खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म जीवन बीमा, लघु जीवन बीमा तथा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ।

सो अवधिमा देशभर १ करोड ६७ लाख ९२ हजार २ सय ३० वटा सक्रिय बीमालेख कायम रहेका छन्। जीवन बीमा कम्पनी, लघु जीवन बीमक र वैदेशिक रोजगार म्यादी जीवन बीमाले संकलन गरेको शुल्कले बीमा क्षेत्रको विस्तार निरन्तर बढिरहेको देखाएको छ।

प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीले मात्रै २ खर्ब १९ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यसमध्ये ४३ अर्ब ४ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क तथा १ खर्ब ५० अर्ब ६१ करोड ५८ लाख रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ।

कम्पनीगत रूपमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो जीवन बीमक बनेको छ। कम्पनीले असार मसान्तसम्म ५३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा यसको सक्रिय बीमालेख संख्या १९ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

नेपाल लाइफपछि नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले २१ अर्ब २३ करोड ३३ लाख रुपैयाँ, हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ र सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यस्तै एसियन लाइफले १० अर्ब ४३ करोड ६४ लाख रुपैयाँ, सिटिजन लाइफले ९ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ९ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब ६६ करोड ३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड ६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ, सन नेपाल लाइफले ४ अर्ब ६३ करोड ९० लाख रुपैयाँ तथा राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

लघु जीवन बीमा क्षेत्रमा भने गार्डियन माइक्रो लाइफ, क्यापिटल माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा १ अर्ब २१ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यसमध्ये १ अर्ब १० करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १० करोड ४७ लाख रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ। यी तीन कम्पनीमा गरी २४ लाख ९३ हजार ३ सय ४७ वटा सक्रिय बीमालेख कायम छन्। गार्डियन माइक्रो लाइफले ४२ करोड ६९ लाख रुपैयाँ, क्यापिटल माइक्रो लाइफले ४१ करोड ५० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ३६ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

त्यसैगरी वैदेशिक रोजगार म्यादी जीवन बीमातर्फ असार मसान्तसम्म ३३ अर्ब ६ करोड ७० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएको छ। यस शीर्षकअन्तर्गत २४ लाख ४८ हजार ४ सय ९२ वटा सक्रिय बीमालेख कायम रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij