२०८३ साउन २० बुधबार

खराब मौसमका विराटनगर उडेको सौर्य एयरलाइन्सको विमान काठमाडौँ नै फिर्ता, ४ वटा उडान प्रभावित

ई आर्थिक    बुधबार, असोज १३ २०७८
3.4K
Shares
खराब मौसमका विराटनगर उडेको सौर्य एयरलाइन्सको विमान काठमाडौँ नै फिर्ता, ४ वटा उडान प्रभावित

ई–आर्थिक, काठमाडौं । खराब मौसमका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमान काठमाडौँ फर्किएको छ । मङ्गलबार साँझ खराब मौसमको कारण विराटनगरको लागि उडेको उक्त विमान बीचबाटै पुनः काठमाडौँ नै फर्काइएको नागरिक उड्ययन कार्यालयले जानकारी दिएको छ ।

विराटनगरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रमुख मङ्गलबार बेलुका सौर्य एयरलाइन्ससहित थप दुई कम्पनीका गरी चारवटा विमानको काठमाडौँबाट विराटनगर उडान प्रभावित भएको थियो ।

काठमाडौँबाट यात्रु लिएर उडान भरे पनि मौसम सफा नहुँदा समस्या देखिएपछि ती समयका सबै उडान रद्ध गरिएको थियो । मौसम खराब भएपछि साँझ ६ बजेपछिको सौर्यको एउटा, यती एयरलाइन्सको एउटा र बुद्धको दुईवटा उडान रद्ध भएका थिए ।

उडान भरेको सौर्यको जहाज बीचबाटै काठमाडौँ फर्काइएको भए पनि यती र बुद्धका विमान भने उडिसकेका थिएनन् । हिजो रद्ध भएका उडान बुधबार बिहानदेखि नियमित रुपमा उडान भएरहेको सो कार्यालयले जानकारी दिएको छ ।

काठमाडौं–विराटनगरका लागि बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले दैनिक १९ वटासम्म उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij