ई–आर्थिक, काठमाडौं । मेगा बैंकका ग्राहकले काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालमा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने विशेष छुट दिने सम्बन्धमा बैंक र अस्पतालबीच सहमति भएसँगै बैंकका ग्राहकहरु अस्पतालबाट सो छुटको लाभ लिन पाउने भएका हुन् ।
सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।
यसैगरी, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
मेगा बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौं उपत्यकालगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।