२०८३ साउन १९ मंगलबार

बजाजको दशैं अभियान ‘बजाज खुशी को ३ डोज’ अफर, ग्राहकहरू लाभान्वित हुने कम्पनीको विश्वास

ई आर्थिक    बिहिबार, भाद्र १० २०७८
16.8K
Shares
बजाजको दशैं अभियान ‘बजाज खुशी को ३ डोज’ अफर, ग्राहकहरू लाभान्वित हुने कम्पनीको विश्वास

ई–आर्थिक, काठमाडौं । दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड–१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं चाडको यो महत्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्दछ ।

बजाजले सधैं विभिन्न पहल र अफरहरुका साथ ग्राहकहरुलाई समावेश गर्दै आइरहेको छ । यो दशैं चाडको अवसरमा बजाजले बजारमा ‘बजाज खुसी को ३ डोज’ अभियान ल्याएको हो ।

ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००/– सम्मको अग्रीम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १,००,०००/– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १०,००,०००/– को नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

शेखर गोल्छा, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशकले भन्नुभयो, ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले ‘बजाज खुसी को ३ डोज’ अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागी समर्पित रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij