रेनो काइगर चारवटा ट्रिमहरुमा उपलब्ध हुनेछ–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड। एलईडी डीआरएलहरु, सी–आकारको सिग्नेचर एलईडी टेल ल्याम्पहरु, ४०.६४ सेन्टिमिटरको पांग्राहरु, रुफ रेलबारहरु र डुअल टोन अप्सनको उपलब्धता सबै ट्रिमहरुमा हुनेछ ।
रेनो काइगरको नेपाल भर रेनोको १५ वटा सेल्स आउटलेटहरुमा पुगेको छ , टेस्ट ड्राइभहरु शोरुमहरुमा उपलब्ध हुनेछन् ।
रेनो काइगर स्टनिंग डुअल टोन संयोजनको साथ ६ वटा एक्साइटिंग बडी रंगहरुमाउपलब्धहुनेछ ।
स्टनिंगः डिस्टिन्क्ट,एथलेटिक डिजाइन र अर्बान मोडर्निटी अनि एजिलिटी र मस्कुलर बडीवर्कलाई जोडेर जसले स्टर्डिनेस र डाइनामिजमलाई एक्सुड गर्दछ ।
स्मार्टः टेक्नोलोजी,फंशनालिटी र र रुमिनेशलाई जोड्ने स्मार्ट केबिनका साथ रेनो काइगरले सीएमएफए+ प्लेटफर्ममा नवीनतम प्रविधिको सुविधाहरु ल्याउँदछ जसले सेग्मेन्ट लिडिंग रुमिनेश,केबिनको स्टोरेज र कार्गो स्पेशको साथ ट्राइबरको सफलताको लागि आधार तयार गर्दछ ।
स्पोर्टीः मल्टी–सेन्स सेटिंग्सले विभिन्न ड्राइभिंगको मोडहरु–नर्मल, इको र स्पोर्टस रोज्न अफर गर्दछ । इन्जिन म्यापिंग, गियर परिवर्तनहरु (अटोमेटिक ट्रान्समिशनको लागि), रेस्पन्सिभ स्टिरिंग कलम र डिजिटल स्पिडोमिटर त्यस बेला रिसेट हुन्छ जब ड्राइभिंग मोडहरु इष्टतम ड्राइभिंग एक्सपेरियन्सको लागि परिवर्तन हुन्छन् ।
ई–आर्थिक, काठमाडौं । डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण नेपाली रु २८। ४९ लाख(सम्पूर्ण नेपालको एक्स शोरुमहरु)मा घोषणा गरेको छ । यस उत्कृष्ट मूल्य निर्धारणको साथ, रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ ।
रेनो काइगरको लागि बुकिंगहरु आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु हुँदैछ ।
रेनो इन्डिया अपरेशनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेले भने– “रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट हो । यसले हाम्रो इनोभेसन, क्रियटिभिटी, कस्टोमर अन्डरस्ट्यान्डिंग र सबै भन्दा माथि हामो ध्यानलाई गाडीहरु बनाउनमा एक बेजोड मूल्यको प्रस्ताव गर्न केन्द्रित गराउँदछ । रेनो काइगरमा विशिष्ट एसयूभीको लुक छ र यसको लामो व्हीलबेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मद्दत पुर्याउँछ । धेरै स्मार्ट गुणहरु सहितलोड रहेको काइगरले हाम्रो एसयुभीको लिगेसीलाई सुदृढ पार्नेछ र यसको लन्चको साथ हामी रेनो परिवारमा अधिक ग्राहकहरुलाई स्वागत गर्न तत्पर छौँ ।”
विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनो काइगर सबैभन्दा बढी मागका साथ धेरै प्रतिक्षा गरिएको गाडी हो । हामी हाम्रा ग्राहकहरुलाई रेनो काइगरको आगमन बारे सूचित गर्न पाँउदा निकै खुसी छौँ । हामी रेनोकाइगरको स्टनिंग डिजाइन र आधुनिक संगै स्मार्ट सुविधाहरुले आफ्ना अपेक्षाहरु पूरा गर्नेछ भन्ने कुरामा आशावादी छौँ । ग्राहकहरुको विस्तृत सेटको बढ्दो एसयूभीको आकांक्षा पूरा गर्ने दृष्टिकोणको साथ हामीले रेनो काइगर आकर्षक मूल्यको रहेको कुरा सुनिश्चित गरेका छौँ र हामी यस न्यू गेम चेन्जरको साथ हाम्रो एसयूभीको लिगेसी सुदृढ पार्न लागि पार्नेछौँ । ”
रेनो काइगरले आफैलाई एक स्टनिंग, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ । स्टनिंग डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरु द्वारा उदाहरणको रुपमा छ जसले रेनो काइगरलाई एक सही एसयुभीको रुपमा खडा गरेको छ । रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेशको संयोजन रहेको छ । उच्च प्रदर्शनको साथसाथै यसमा स्पोर्टी ड्राइभ रहेको छ जसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको छ । यसले ग्राहकहरुलाई ड्राइभिंग प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ ।
रेनो काइगरलाई एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १.० एल इनर्जीमा प्रदान गरिनेछ । ग्राहकहरुले चारवटा उपलब्ध रहेको ट्रिमहरु–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड बाट छनोट गर्न सक्नेछन् । प्रत्येक संस्करण सेग्मेन्टमा ग्राहकको माग र आवश्यकताहरुलाई ध्यानमा राखी बनाइएको हो र सबै ट्रिमहरुमा यसको आकर्षक मूल्य राखिएको छ । ग्राहकहरुको हरेक स्तरमा एक मूल्यवान लाभ छ जुन स्टाइलिश डुअल टोन संयोजनको लागि विकल्पको रुपमा रहेको छ ।
रेनो काइगरको दुई अगाडिको सीट र दुई पछाडिको सिटमा तीन–पोइन्ट सिटबेल्ट लगाइएको छ भने रियर मिडल प्यासेन्जर सिटमा दुई–पोइन्ट सिटबेल्टको सुविधा रहेको छ । रेनो काइगरमा दुई साइड एयरब्याग संगै ड्राइभर र फ्रन्ट–सिट यात्रीको लागि दुई अगाडी एयर ब्यागहरूको साथ आउँदछ। दुबै अगाडि सिटहरूको सुरक्षाको लागि सीट बेल्ट रिमाइन्डर चेतावनीकोे सुविधा रहेको छ ।
एक्सेसिसरिज र पर्शनलाइजेशन फ्रन्टमा ग्राहकहरुले विशेष क्युरेट गरिएको एक्सेसरी प्याकहरुको स्मार्ट रेन्जबाट छनोट गर्न सक्दछन् जसले काइगर गाडीलाई अर्को तहमा लैजान मद्दत पुर्याउँछ । त्यहाँपाँच वटा एक्सक्लुसिभ पर्शनलाइजेशन प्याकहरु–एसयुभी, एट्राक्टिभ, एसेन्सियल, स्मार्ट, स्मार्ट प्लस रहेका छन् जुन टेक एक्सेसरिज सहित एक वायरलेस चार्जर र एयर प्युरिफायरका साथ उपलब्ध रहेको छ ।