२०८३ साउन २२ शुक्रबार

भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

ई आर्थिक    शनिबार, साउन २ २०७८
7.4K
Shares
भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

बलेवा : बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।

जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु ३४ हजार १४० का दरले रु १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही रु ६५ हजारका दरले कूल रु एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले जनाएको छ । “किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ”, प्रमुख ढकालले भन्नुभयो, “कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।”

नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैँसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैँसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij