कृष्ण थापा, नुवाकोट । नुवाकोट जिल्लामा कोरोना भाइरसको ‘डेल्टा प्लस’ भेरिएन्टका संक्रमित भेटिएका छन् । जिल्ला अस्पताल त्रिशूलीले ४ वटा पीसीआर नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएकोमा एउटामा कोरोना डेल्टा प्लस भेरिएन्ट देखिएको जानकारी दिएको छ ।
कोरोना डेल्टा भेरिएन्ट ६० देखि सतप्रतिशत बढी संक्रामक हुने यो भेरिएन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहलाई उच्च संक्रमण गर्ने र बढी फोक्सोलाई असर पार्ने स्वास्थ्य विज्ञहरुको बताएका छन् ।
पहिलो लहरमा भेटिएको कोरोना अल्फा भेरिएन्ट र दोस्रो लहरमा भेटिएको डेल्टा भेरिएन्टभन्दा यो धेरै असरदार भएकाले पनि सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् ।