२०८३ साउन २० बुधबार

आजबाट अन्तर्राष्ट्रिय उडान हुने, असार १७ गतेदेखि आन्तरिक उडान पनि नियमित हुने

ई आर्थिक    बिहिबार, असार १० २०७८
7.5K
Shares
आजबाट अन्तर्राष्ट्रिय उडान हुने, असार १७ गतेदेखि आन्तरिक उडान पनि नियमित हुने

ई–आर्थिक, काठमाडौं । आज बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु हुने भएको छ । नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै सो उडान हुने जनाएको छ । मन्त्रालयद्वारा जारी सूचनामा २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ । त्यस्तै २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने जनाइएको छ ।

त्यसैगरी मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधबार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका नियमित हुने भएको हो ।

असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा तपसिलको तालिका बमोजिम उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij