२०८३ साउन ९ शनिबार

कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

ई आर्थिक    बिहिबार, जेष्ठ १३ २०७८
3.9K
Shares
कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

ई–आर्थिक, पोखरा । कोरोनाबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । पोखराका स्थानीय कमार्चार्य केही दिनदेखि पारिवारिक काम विशेषले काठमाडौमा रहेका समयमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि एक साताअघि उपचारको लागि उनी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएका थिए ।

तर, त्यहाँ भर्ना भएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको निदान अस्पतालमा उपचार गराइरहेका थिए । सोही अस्पतालमा उपचारको क्रममा कर्माचार्यको गएराती निधन भएको थियो । बुधबार बेलुका श्वास प्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएका कार्मचार्यको बिहान साढे ३ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनी पोखरा उद्योग बाणिज्य संघको मानार्थ सदस्य तथा सल्लाहकार समेत हुन । कर्माचार्यको उपचारका क्रममा निधन भएको संघका महासचिव सुरेन्द्र बिजुक्छेले जानकारी दिए । कर्माचार्यले पोखरा उधोग वाणिज्य संघमा कार्य समिति सदस्य हुँदै विभिन्न पदको जिम्मेवारी सम्हालेर अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेका थिए ।

उनले संघले सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजक भएको बेला बालश्रम न्यूनीकरणको लागि ठूलो योगदान गरेका थिए । उनी लायन्स क्लब लगायत विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थामा समेत सक्रिय रहदै आएका थिए ।

आर्थिक क्षेत्रमा उल्लेख्य योगदान रहेको कर्माचार्यको निधनले निजी क्षेत्र स्तव्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij