२०८३ साउन ९ शनिबार

प्रभु बैंकको ‘८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्नेे

ई आर्थिक    मंगलबार, जेष्ठ ११ २०७८
4.5K
Shares
प्रभु बैंकको ‘८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्नेे

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र मिति २०७८ साल जेष्ठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।

बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यको ४०,००,००० कित्ता डिबेञ्चरले हुन आउने कुल रकम रु. ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम (५% अर्थात् ८०,००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब ४ं० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने भएको छ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिने छ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने बैंकको भनाई छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij