२०८३ साउन ९ शनिबार

उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन, कुन पदमा को–को

ई आर्थिक    शुक्रबार, माघ ९ २०७७
9.2K
Shares
उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन, कुन पदमा को–को

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । महासंघले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन गरेको हो ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ को झापामा सम्पन्न अधिवेशनले टिकाराज ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमितिमा जिल्ला नगर उपाधयक्ष भीमबहादुर पौडेल, एशोसियट उपाध्यक्ष राजेन्द्र राउत र कोषाध्यक्ष रमेश राठी निर्वाचित भएका थिए । यस्तै जिल्ला नगर कार्यकारीणी सदस्यमा युवराज शाक्य, वीरेन्द्रकुमार साह, प्रितम खड्गी, कुमार भट्टराई, भुपाल कटुवाल, राजन श्रेष्ठ, सुभाष आचार्य, रविन दाहाल र श्रवण अग्रवाल छन् ।

सबैको पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई कार्यसमिति सदस्यमा र तीन जनालाई आमन्त्रित सदस्यका रुपमा मनोनित गरेका छन् । सो कार्यसमितिमा महिला तर्फ सरु केसी अन्यमा कुमारमणी पोखरेल र पशुपति बराल छन् ।

त्यस्तै आमन्त्रित सदस्यमा देवकिनन्दन अग्रवाल, भविश श्रेष्ठ र दिपक पाण्डेलाई मनोनित गरिएको छ । कार्यक्रममा अध्यक्ष ढकालले १५ बुंदे कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।

कार्यक्रममा अतिथ्यता ग्रहण गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले लगानी भित्राउने प्रयास भइरहेको भए पनि सरकार र निजी क्षेत्रविच समन्वय हुन नसकेको बताए । निजी क्षेत्रको स्रोत छरिएर रहेको हुँदा त्यसलाई समेट्नुपर्नेमा उनले जोड दिए ।

निजी क्षेत्र र सरकारवीच लगानी साझेदारी हुनसके देश आर्थिक विकासको दिशामा अघि बढ्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपध्यक्ष राजेन्द्र राउत, निवर्तमान अध्यक्ष नरेन्द्र खड्का लगायतले प्रदेश १ मा प्रयाप्त संभावना भएकाले लगानीकर्ता आकर्षित गर्न सरकारले विशेष प्याकेज ल्याउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij