२०८३ साउन ९ शनिबार

बर्डफ्लु आशंकामा पशुपंक्षीजन्य वस्तु आयातमा रोक

ई आर्थिक    शुक्रबार, पौस २४ २०७७
5.6K
Shares
बर्डफ्लु आशंकामा पशुपंक्षीजन्य वस्तु आयातमा रोक

काठमाडौं । सरकारले छिमेकी मुलुक भारतबाट आउने पशुपंक्षीजन्य वस्तुको आयातमा रोक लगाउन तयारी गरेको छ । भारतमा बर्डफ्लु देखिएपछि नेपालमा समेत आउनसक्ने भन्दै पशु सेवा विभागले पशुपंक्षीको आयातमा रोक लगाउन लागेको हो । सार्वजनिक सूचना निकालेर आयातमा रोक लगाउने तयारी विभागको छ ।

भारतमा बर्डफ्लु देखिपछि नेपालमा समेत आउन सक्ने भएकाले उच्च सर्तकता अपनाइएको कृषि तथा पंशुपक्षी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले भारतमा देखिएकाले नेपालमा पनि आउन सक्ने भन्दै उच्च सर्तकता अपनाइएको जानकारी दिए । भारतको हरियाणा, हिमाञ्चल, मध्यप्रदेश लगायतका अन्य ठाउँमा बर्डफ्लु देखिएको छ । सहसचिव निर्मलले भने, “नेपालमा समेत भित्रन सक्ने भन्दै पशुपक्षीको आयातमा रोक लगाउन लागिएको छ, कुखुरा मरेको ठाउँमा गएर नमुना संकलन गरिरहेका छौं, यद्यपि अहिलेसम्म नेपालमा बर्डफ्लु देखिएको छैन ।”

भारतमा देखिएपछि नेपालमा पनि आउन सक्ने हुनाले प्रयोगशालालाई सुदृढीकरण गर्ने र क्वारेन्टाइनमा चेकजाँच बढाउने काम गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रलयका अनुसार चिसो महिनामा बर्डफ्लु फैलिनसक्ने भएकाले पनि उच्च सर्तकता अपनाइएको छ । चितवन, नवलपरासी, हेटौंडा, रूपन्देहीसहित तराईका २४ जिल्लामा उच्च निगरानी राखिएको सहसचिव निर्मले जानकारी दिए । ७२ वटा कुखुराको नमुना संकलन गर्दा नेगेटिभ देखिएको उनको भनाइ छ । भेटेरीनरी डाक्टरको सर्टिफिटेक लिएर मात्र आन्तरिक रूपमा पनि कुखुरा ओसार पसार गर्न निर्देशन दिएको उनको भनाइ छ । मन्त्रालयका अनुसार प्रदेश–१ र २साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी जोखिम छ । भारतका सीमा नाका रहेका जिल्ला बढी जोखिममा रहेका छन् । सवैभन्दा धेरै बागमती प्रदेश उच्च जोखिममा छ ।

भारतमा मरेको कागबाट बर्डफ्लु देखा परेको छ । विराटनगर, जनकपुर, सुर्खेत र धनगढीमा रहेका भेटनरी प्रयोगशालामा अहिले कोरोनाको पीसीआर परिक्षण भइरहेका छन । बर्डफ्लु परीक्षण गर्नका लागि त्रिपुरेश्वरमा मात्र प्रयोगशाला रहेको छ । बर्डफ्लु देखिन थालेपछि पीसीआर परीक्षण गर्न दिएको प्रयोगशालामा बर्डफ्लु परीक्षण गरिने मन्त्रालयले जानकारी दिएको छ ।

बर्डफ्लु परीक्षण गर्नका लागि ¥यापिड किटहरु प्रयोगशालामा रहेकाले परिक्षणको काम गरिरहेको मन्त्रालयको भनाइ छ । यसअघि २०७६ बैशाखमा नेपालमा कुखुरामा बर्डफ्लु देखिएको थियो । कुखुरामा बर्डफ्लु देखिएपछि राम्ररी पकाएर खाँदा मानव स्वास्थ्यमा कुनै असर नपर्ने पशु चिकित्सकको भनाई छ । ७० डिग्रीमा भाइरस मर्ने भएकाले राम्ररी कुखुराको मासु पकाएर खान स्वास्थलाई कुनै असर नपर्ने चिकित्सकको भनाई छ । बर्डफलु देखिएपछि कुखुरा भने मर्ने समाचार लक्ष्मी सापकोटाले आजको कारोबारमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij