ई–आर्थिक, सिमिकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलमा आगलागी भएको छ । आज विहीवार विहान करिब ४ बजेतिर विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको हो ।
आगलागी विमानस्थल प्रमुख बस्ने घरको पछाडिमा रहेको विद्युत् चुहिएर भएको हुनसक्ने अनुमान लगाइएको छ । कार्यालय प्रमुखको बस्ने एका कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागोको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भएको थियो ।
आलगाली भएको केही समयपछि नियन्त्रणमा लिन नेपाल प्रहरीले माइकिङ गरेसँगै नागरिकको ठूलो सङ्ख्यामा उपस्थिति रहेको र स्थानीय महिला तथा पुरुष आगो नियन्त्रणका लागि प्रयासमा लागेका थिए ।