२०८३ साउन १२ मंगलबार

एडिडासको पुरानो जुत्ता एक्सचेन्ज योजना

ई आर्थिक    सोमबार, चैत्र २१ २०७३
5.7K
Shares
एडिडासको पुरानो जुत्ता एक्सचेन्ज योजना

२१ चैत, काठमाडौं । नेपालका लागि एडिडास ब्रान्डका जुत्ताहरुको आधिकारिक बिक्रेता रुट्स फेशन प्रालिले आफ्नो ‘रिफ्रेश योर गियर’ योजना पुनः सञ्चालनमा ल्याएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले चलाएको यस योजना अन्तर्गत ग्राहकवर्गले आफ्ना कुनै पनि ब्रान्डका लगाउन योग्य पुरानो जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा रु. २,००० देखि रु. ३,००० सम्म छुट पाउन सक्नेछन् । ग्राहकवर्गले हरेक रु. ६,९९९ मूल्यको एडिडास ब्रान्डका जुत्ताको खरिदमा रु. २,००० छुट तथा हरेक रु. ६,९९९ वा सो भन्दा माथिको मूल्यको एडिडास ब्रान्डका जुत्ताको खरिदमा रु. २,५०० सम्म साथै १०,९९९ भन्दा मथिको मुल्यको जुत्तामा रु.३,००० सम्म छुट पाउन सक्नेछन् ।

यस अघिका वर्षहरुमा सञ्चालन गरिएका यसै योजना अन्तर्गत सङ्कलित पुराना तर लगाउन योग्य जुत्ताहरु रुट्स फेशनले “कर्णाली ग्रामीण प्रवद्र्घन तथा सामाजिक विकास पार्क”, “माईती नेपाल” र “न्यानो संसार” लाई हस्तान्तरण गरेको थियो । यस वर्ष भने कम्पनीले एक्सचेन्ज योजना अन्तर्गत सङ्कलित पुराना जुत्ताहरु श्री हरि रोकाया लाई प्रदान गरिने छ । हरि रोकाया पश्चिम नेपालमा युवाहरु माझ खेलकुदमा सक्रिय रहेका छन् । साथै उनि गिनिज बुक अफ वल्ड होल्ड पनि हुन ।

विगतका वर्षहरुमा सञ्चालन गरिएको यस एक्सचेन्ज योजना ग्राहकवर्गको सहभागितालाई मध्यनजर राखेर तथा सामाजिक उत्तरदायित्वबाट उत्प्रेरित भई पुनः सञ्चालनमा ल्याइएको हो । चैत १९ (अप्रिल १) बाट शुरु भई एक महिना अवधि रहने उक्त योजना पुरुष तथा महिला स्पोर्टस जुत्ता बाहेकका अन्य जुत्ताहरु (चप्पल, हिल जुत्ता, छालाका जुत्ता, बच्चाका जुत्ता तथा लगाउन नमिल्ने जुत्ता) मा भने लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij