सांकेतिक तस्विर
ई–आर्थिक, भक्तपुर : कोरोना भाइरसका कारण लामो समय बन्दाबन्दी भएको काठमाडौं उपत्यका विस्तारै असुरक्षित हुन थालको छ । अहिले उपत्यकामा अपराधिक गतिविधि बढ्न् थालेको छ ।
यसैबीच मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका ३ जना शंकास्पद मृत्यु भएको अवस्थामा फेला पारिएको छ । मृत्यु भएका मध्ये ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु तीनै जनाको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको प्रहरीको भनाई छ । मृत्यु सम्बन्धमा प्रहरीले अनुसन्धान समेत थालेको छ । यसमा संलग्नलाई चाँडै पत्ता लगाएर सार्वजनिक गर्ने प्रहरीले दाबी गरेको छ ।
मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीको भनाई छ ।
हत्या केही दिन पहिले भएकोजस्तो देखिएको प्रहरीको प्रारम्भीक अनुमान छ ।