२०८३ साउन ९ शनिबार

पाल्पामा सडकबत्तीको बक्यौता तीन करोड नाघ्यो

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
7.7K
Shares
पाल्पामा सडकबत्तीको बक्यौता तीन करोड नाघ्यो

१७ चैत, पाल्पा । विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।

तानसेन नगरपालिकाभित्रका सडक बत्तीको झन्डै ८ वर्षदेखिको महसुल उठ्न सकेको छैन । विद्युत् प्राधिकरण पाल्पाले पटक पटक महसुल भुक्तानीका लागि पत्राचार गरेपनि नगरपालिकाले अटेर गरेको छ । प्रत्येक महिनाको रु चार लाख महसुल बढिरहेको प्राधिकरणका सहलेखापाल फशुराम पाण्डेयले बताउनुभयो ।

तानसेन नगरपालिकाका कार्यक्रम अधिकृत भरत आचार्यका अनुसार हाललाई विद्युत्को महसुल भुक्तानीमा बजेट प्राप्त नहुँदा समस्या भएको छ । उहाँले स्थानीय तहको निर्वाचनपछि विद्युत् महसुलको समस्या हल हुने बताउनुभयो ।

तानसेनको भगवतीटोलमा दिउँसोको बेला सडकमा बत्ती बलिरहे पनि स्थानीय, नगरपालिका र विद्युत् प्राधिकरण कर्मचारीको बेवास्ताका कारण विद्युत् अनुत्पादक क्षेत्रमा खर्च हुँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij