ई–आर्थिक, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डामा गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आइतबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् ।
तनहुँको रानीपोखरी घर भएका सिपाहीको नाम भने खुलाइएको छैन । ड्युटीको समयमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको स्रोतले जनाएको छ ।
उनले किन आत्महत्या गरे भन्ने खुलेको छैन । घटनाबारे नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।