ई–आर्थिक, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। यसदिन सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेर ऐतिहासिक रकर्ड बनाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनकाे मूल्य प्रतितोला एक लाख दुई हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ रहेको जनाएको छ। बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० र तेजावी सुनको मूल्य १ लाख ९०० रुपैयाँ कायम थियो।
यसैगरी, बिहीबार चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ। यसदिन चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको हो ।