२०८३ साउन ९ शनिबार

सकिएन छाँङ्गोबाट शव झिक्न

ई आर्थिक    मंगलबार, साउन २० २०७७
4.6K
Shares
सकिएन छाँङ्गोबाट शव झिक्न

ई–आर्थिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।

कामी लामा यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाङ्गोमा देखिएको वडाध्यक्ष लामाले जानकारी दिए । छाङ्गो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर अहिले स्थानीयवासी लागिपरेका छन् ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij