२०८३ साउन ९ शनिबार

सुनको मूल्यले बनायो एतिहासिक रेकर्ड, आज पनि तोलामा ५ सयले बढ्यो

ई आर्थिक    बिहिबार, साउन १५ २०७७
4.8K
Shares
सुनको मूल्यले बनायो एतिहासिक रेकर्ड, आज पनि तोलामा ५ सयले बढ्यो

ई–आर्थिक, काठमाडौं । बिहीबार सुनको मूल्यले एतिहासिक रेकर्ड कायम गरेको छ। यसदिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ। बुधबार घटेको चाँदीको भाउ यस दिन तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij