२०८३ भाद्र ३० मंगलबार

कोरोना भाइरस रोकथाममा सन नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख १ हजार सहयोग

ई आर्थिक    आइतबार, चैत्र ३० २०७६
8.4K
Shares
कोरोना भाइरस रोकथाममा सन नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख १ हजार सहयोग

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामको लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सका कर्मचारीको तर्फवाट १९ लाख १ हजार र कम्पनीका तर्पmबाट ११ लाख रहेको उक्त रकम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रदान गरिएको थियो ।

उक्त रकम बराबरको चेक हस्तान्तरणको समयमा सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल सहभागी हुनुहुन्थ्यो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषका प्रमुख राजेन्द्र पौडेललाई उक्त चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त सहयोगले विश्वमै माहामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमण रोकथाममा केही मात्रामा भएपनि सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij