२०८३ साउन ९ शनिबार

घरघरैमा ताजा तरकारी पु-याउने व्यवस्था

ई आर्थिक    शुक्रबार, चैत्र १४ २०७६
6K
Shares
घरघरैमा ताजा तरकारी पु-याउने व्यवस्था

ई आर्थिक, भद्रपुर । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पु-याउने व्यवस्था गरेको छ ।

अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी खेती गरेको छ । फार्मबाट उत्पादित ताजा तरकारी प्याकेजिङ गरेर स्थानीयको मागअनुसार घरमै पु¥याउन थालेको फार्मका सञ्चालक निर्मल अधिकारीले बताउनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति (पास) लिएको गाडीमा तरकारी राखेर आजदेखि घरघरै पु¥याउन थालिएको र तरकारीको मूल्य प्रचलित बजारभाउभन्दा सस्तो रहेको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “कोभिड–१९ को सङ्क्रमणको जोखिमको ख्याल नगरी सर्वसाधारणहरु तरकारी पसलमा भीड लागेको देखेर सङ्कटको बेला सहयोग गर्ने उद्देश्यले आफूहरुले घरघरमा तरकारी डेलिभरी सेवाको व्यवस्था गरेका हौँ ।”

उहाँका अनुसार काक्राको मूल्य प्रतिकेजी रु ५०, टमाटरको रु ५०, बैगुनको रु ५०, बोडी र करेलाको मूल्य भने प्रतिकेजी रु २०० कायम गरिएको छ । कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालिकराम भट्टराईले घरघरमा तरकारी पु¥याउने कार्य अहिलेको अवस्थामा अति आवश्यकीय र सुरक्षित भएको सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्नुभएको छ । फार्म सञ्चालकहरुले आफ्नो फोन नम्बर सामाजिक सञ्जालमार्फत सम्पर्कका लागि सार्वजनिक गरेपछि प्रशस्त माग आइरहेको अधिकारीले बताउनुभयो ।

“पहिलो प्राथमिकता अर्जुनधारा नगरभित्रकाका लागि हो”, उहाँले भन्नुभयो, “अन्य छिमेकी नगरबाट समेत फोन आइरहेको छ । उनीहरुलाई पनि यस्तो सङ्कटका बेला सेवाचाहिँ दिने हो कि भन्ने सोच बनाइरहेका छौँ ।” स्थानीय पत्रकार दिपीन राईले बजारको भीडभाडमा जाने अवस्था नरहेको अवस्थामा घरघरैमा बजार मूल्यमै ताजा तरकारी पु¥याएर सेवा दिने अभियानलाई स्थानीय सरकारहरुले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij