ई–आर्थिक, काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेड संचालनको तीन वर्ष पुरा भएको छ। सो अवसरमा क्यापिटलले आफ्नो सेवामा विशेष छुट योजना संचालनमा ल्यएको छ।
क्यापिटलले नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट दिने बताएको छ। जसअन्तर्गत उक्त मर्चेन्टले बिहीबारदेखि आउँदो वर्षको असारसम्म नि–शूल्क हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ।
यससँगै बिहीबारदेखि अर्को वर्ष चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शूल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
छोटो समयमै मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा स्थापित गर्न सफल भएको एनआइसीले बताएको छ।
नेपालमा पहिलोपटक आइपिओ ३७ घन्टामा बाँडफाँट गर्न सफल, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता,लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान, शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा दिने लगायतका काममा उपलब्धी भएको जनाएको छ।
साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको लिमिटेडले जनाएको छ ।
क्यापिटलको तेस्रो वर्ष पूरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोबार गर्ने खाताधारक, क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेको इकाईधनी, क्यापिटलको लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राही, शेयर रजिस्ट्रार सेवामा आवद्ध कम्पनी तथा नियमक निकाय लगायत सम्पूर्णमा समस्त क्यापिटल परिवारले आभार व्यक्त गरेको छ ।