२०८३ साउन ९ शनिबार

स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’

ई आर्थिक    आइतबार, चैत्र ६ २०७३
4.8K
Shares
स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’

६ चैत, काठमाडौँ । बेलायतको राजधानी लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ आज सार्वजनिक गरिएको छ ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गर्दै आगामी दिनमा प्रकाशनले बेलायती स्रष्टाका कृति प्रकाशन गर्दै जाने जानकारी दिनुभयो । उहाँलेसाझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाबाट सहयोगको अपेक्षा पनि गर्नुभयो ।

नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीका अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुई सय शीर्षकका तीन हजार थान पुस्तक राखिएका छन् । लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सो सातौं कृति साझा प्रकाशनले बजारमा ल्याएको हो ।

चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्र वटा यात्रानुभूति उक्त पुस्तकमा रहेको साहित्यकार बजगाईँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij