ई–आर्थिक, काठमाडौं । विश्वकै धनी व्यक्तिको सूचीमा रहेका बिल गेट्सकी छोरी जेनिफर गेट्सको विहे हुँदैछ । जेनिफरले इजिप्टका खेलाडी नायल नसारसँग विहे गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यममा उल्लेख छ।
समाचार अनुसार जेनिफरले आफ्ना प्रेमी नायल नसारसँग विहे गर्न लागेकी हुन् । दुबै जनाले बिहीबार विहे गर्ने जानकारी दिएका छन् ।
केही समयअघि नसारले जेनिफरलाई विहेका लागि प्रोपोज (प्रस्ताव) गरेका थिए । जेनिफर र नसार दुबैले प्रोपोज गरेपछिको खुसी सामाजिक सञ्जाल इस्टाग्राममा फोटो पोष्ट गर्दै साटेका छन् ।
जेनिफरले नसारको प्रोपोज स्वीकारेको बताएकी छन् ।‘नायल नसार, तिमी आफ्नै तरिकाका अनुपम मानिस हौं । तिमीले यो प्रोपोज गरेर मेरो पाउमुनिको जमीन नै हल्लाइदिएका छौं’, जेनिफरले लेखेकी छन्, ‘म अब कुनै बिलम्बबिना नै पूरा जीवन तिमीसँग बिताउन चाहन्छु सिक्दै, माथि उठ्दै, हास्दै र माया गर्दै।’
नसार इजिप्टका इक्वस्टरियन (घोडचढी खेलाडी) हुन् । २८ वर्षीय नसार र २३ वर्षीय जेनिफरले विगत ४ चार वर्षदेखि डेटिङ गरिरहेका थिए । केही दिनअघि नसारले जेनिफरलाई हिराको औंठी दिँदै पूरा जीवन उनीसँगै बिताउने भन्दै विहेको प्रस्ताव गरेका थिए ।उक्त प्रस्तावलाई जेनिफरले तत्काल स्वीकारेकी थिइन् ।
नसारको प्रस्तावलाई जेनिफरले स्वीकार गरेपछि दुबैजनाबीच सगाइ (इङ्गेजमेन्ट) भएको छ ।जेनिफरले आफ्नो इन्स्टाग्राममा सगाइका तस्बिर समेत शेयर गरेकी छन् । ती तस्बिर हेर्दा दुबैजना कुनै स्की रिसोर्टमा रहेको बुझ्न सकिन्छ । तर उक्त ठाउँबारे केही खुलाइएको छैन् ।
बिल र मेलिन्डा गेट्सका तीन सन्तान मध्य जेनिफर जेठो सन्तान हुन् । जेठी छोरी जेनिफर वाशिङ्टनको मेडिनामा जन्मेकी हुन् । उनले बायोलोजीमा डिग्री हासिल गरेकी छन् ।नसार इजिप्टका खेलाडी हुन् । उनी इजिप्टका धनी युवामध्ये पर्छन् । कुवेतमा हुर्केका उनले स्टाण्डफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका छन् । नसार एक सेलिब्रिटी र शोजम्पर (घोडाचढी) हुन् ।

हालसम्म जेनिफरका मातापिताले इन्गेजमेन्टबारे केही प्रतिक्रिया दिएका छैनन् । केही समयअघि बिल र मेलिन्डाले आफ्नो विहेको २६ औं वर्षगाँठ मनाएका थिए । उक्त अवसरमा नसार पनि सहभागी थिए ।केही अमेरिकी समाचार माध्यमका अनुसार जेनिफरले आफ्ना मातापितालाई भेटेरे विहेको अनुमति माग्नेछिन् । तर केही समाचार माध्यमले नसार र उनले यसरी नै एकअर्कासँग जीवन बिताउने बताएका छन् ।

-एजेन्सी