२०८३ साउन ९ शनिबार

कालिञ्चोक दर्शनको साधारणसभा सम्पन्न, ८ महिनामा ८३,११५ ले चढे केबलकार

ई आर्थिक    सोमबार, पौस २८ २०७६
13.3K
Shares
कालिञ्चोक दर्शनको साधारणसभा सम्पन्न, ८ महिनामा ८३,११५ ले चढे केबलकार

बालकृष्ण शिवाकोटीको अध्यक्षतामा नयाँ सञ्चालक समिति

ई–आर्थिक, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मार्कन्डेय अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त सभामा उल्लेख्य सेयरधनीको उपस्थिति रहेको थियो । कम्पनीमा व्यवसायिक संस्था र व्यक्ति गरी ८५ जना सेयर सदस्य रहेका छन् ।

कालिञ्चोक दर्शनले दोलखाको कालिञ्चोक गाउँपालिका–१ कुरीमा केबलकार सञ्चालन गर्दै आएको छ । अत्याधुनिक स्विस प्रविधिद्वारा निर्माण गरिएको सो केबलकारको लागत ५२ करोड पुगिसकेको सभामा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

पर्यटकीय दृष्टिकोणले अत्यन्तै उपयुक्त ठानिएको कालिञ्चोक र कुरी क्षेत्र असाध्यै रमणिय र उच्च स्थानमा भएका त्यसका अतिरिक्त केबलकारको सुविधाले पर्यटकको आकर्षण दिनप्रतिदिन बढ्दो रहेको छ । विभिन्न हिमश्रृंखला तथा हिमाल, पहाडको दृश्यावलोकन, हिउँको ‘रिस्क’ खेल, विभिन्न जडिबुटी तथा गुराँसको अध्ययन अनुसन्धान लगायत ट्रेकिङ्गको साथै केवलकार चढेर मज्जा लिने धार्मिक तथा वातावरणीय पर्यटकहरुको गन्तव्यको रुपमा विकसित कालिञ्चोक क्षेत्रमा कालिञ्चोक भगवतिको दर्शन तथा समयानुकुल परिवर्तन हुने त्यस क्षेत्रको बातावरणले जो कोहीलाई मन्त्रमुग्ध बनाउने अध्यक्ष अधिकारीले सभामा अधिकारीले दिनुभयो ।

कालिञ्चोक केबलकारमार्फत गएको ८ महिनामा कालिञ्चोक भगवतिको मन्दिर दर्शन गर्नेको संख्या ८३,११५ हजार रहेको पनि सभामा जानकारी दिइएको थियो । २०७५ कात्तिक १७ गतेदेखि २०७६ असार मसान्त सम्ममा केबलकारमार्फत देशी विदेशीले उक्त संख्याले कालिञ्चोक दर्शन गरिएको अध्यक्ष मार्कण्डेय अधिकारीको भनाई थियो ।

जसमध्ये ६९९१४ सर्वसाधारण, ९९२८ जना विद्यार्थी, ११२५ जना अन्धा/अपाङ्ग, २०२५ जना बृद्धबृद्धा, १२३ विदेशी रहेका छन् । त्यसैगरी २४२ जना पाठापाठीलाई केबलकारमा चढाइएको बताइएको छ । त्यस्तै अघिल्लो बर्ष ७० हजारले केबलकार चढेको सभामा जानकारी दिइयो ।

कालिञ्चोकमा केवलकार निर्माण भए पछि सो आसपासको आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिका साथै पर्यटकीय आवगमनमा उल्लेख्य बृद्धि भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो । केवलकार कम्पनीले मात्रै ३२ जनालाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको उहाँले बताउनुभयो ।

कालिञ्चोक क्षेत्र नेपालकै धार्मिक, सांस्कृति, भौगोलिक दृष्टिकोणले ऐतिहासिक महत्वको स्थान भएको पनि उहाँले जानकारी दिनुभयो ।

कालिञ्चोक भगवतीको वास स्थान तथा ऋषिमुनिहरुले तपस्या गरेको तपोभूमि भएको, गौरी शंकर हिमालको काखमा ३८४२ मिटर उचाईमा रहेको, हिन्दुहरुको महान तिर्थस्थलका रुपमा परिचित, कालिञ्चोक भगवतीको दर्शन मनोकांक्षा पुरा हुने, सुनकोशी र तामाकोशी नदीहरुको उद्गमस्थल (शिर) भएकाले पनि विशेष महत्वको स्थान भएको प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले जानकारी दिनुभयो ।

 

 

 

 

 

सयौं हिमश्रृंखला तथा मनमोहक दृष्यहरुको रमणिय दृष्यावलोकन हुने, चौरीको अवलोकन तथा हिउँसँग छुट्टै मज्जा लिन सकिने, केबलकारको स्टेशनसम्म गाडिबाट आवत जावत गर्न सकिने, काठमाडौंबाट १५० किलोमिटरको दुरिमा रहेको, स्थानीय बजारमा होटल, लज तथा खानपिनको व्यवस्था भएको, यो स्थानमा आइपुगिसकेपछि भिमेश्वर मन्दिर, शैलुङ्ग, विगुगुम्बा, अपर तामाकोशी हाइड्रोपावर, जिरीलगायत अन्य पर्यटकीय स्थानहरुको समेत भ्रमण गर्न सकिने उहाँले बताउनुभयो । त्यसैगरी प्रत्यक्ष अगाडि देखिने हिमश्रृखंलामध्ये गौरीशंकर हिमाल जसले नेपालको समय निर्धारण समेत गर्दछ । यतिमात्र नभई कालिञ्चोक मन्दिरसम्म आइपुग्दा आफूलाई आकाश छोएको महशुस गर्ने गरिन्छ ।

प्राकृतिक सौन्दर्यतालाई अवलोकलन गराउन थप योगदान पु¥याएको यो केबलकारलाई पर्यटन, सांस्कृतिक तथा नागरिक उड्डयन मन्त्रालयलले २०७५ सालको ‘बेष्ट टुरिष्ट डेष्टिनेशन अवार्ड’ प्रदान गरेको थियो । यस अवार्डले केबलकार कम्पनीलाई थप उत्साहित बनाएको साधारणसभामा जानकारी दिइएको थियो ।

बालकृष्ण शिवाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति
कम्पनीको पाँचौं साधारणसभाले बालकृष्ण शिवाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ७ सदस्यीय सञ्चालकहरुमा भने मार्कण्डेय अधिकारी, गुरू अधिकारी, रमेशराज शिवाकोटी, ऋषिकेश गौली, डिल्लीप्रसाद सिवाकोटी र थानेश्वर बस्याल रहनुभएको छ । कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत भने अशोक शिवाकोटी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij