ई–आर्थिक, म्याग्दी । म्याग्दीका मालिका गाउँपालिकामा एनसेल टावरमा आगजनी भएको छ । गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
आजगनीबाट टावरका उपकरणमा क्षति पुगेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले गरेको आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे जानकारी पाएपछि दरबाङबाट प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । टावरमा आगजनी भएपछि म्याग्दीका विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको छ ।