२०८३ साउन ९ शनिबार

चिनियाँ र नेपाली लगानीकर्ताको ५२ अर्ब लगानीमा होङ्सी शिवम् सिमेन्ट

ई आर्थिक    बुधबार, चैत्र २ २०७३
5.6K
Shares
चिनियाँ र नेपाली लगानीकर्ताको ५२ अर्ब लगानीमा होङ्सी शिवम् सिमेन्ट

२ चैत, नवलपरासी । चिनियाँ र नेपाली लगानीकर्ताले रु ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब रु ३६ अर्ब लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ ।

उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ । सो उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन् । उद्योगले एक सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो । थप एक सय ५० बिघा जग्गा खरिद प्रक्रिया अघि बढाएको उद्योगले जनाएको छ । उदोगले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी (प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij