२०८३ साउन ९ शनिबार

कमल थापा उपप्रधानमन्त्रीसहित मन्त्री परिषद् विस्तार र हेरफेर, सरकारकाे अायु लम्बीने संभावना

ई आर्थिक    बिहिबार, फाल्गुन २६ २०७३
5.8K
Shares
कमल थापा उपप्रधानमन्त्रीसहित मन्त्री परिषद् विस्तार र हेरफेर, सरकारकाे अायु लम्बीने संभावना

२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रचण्ड नेतृत्व सरकारले उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्रीमा नियुक्त गरेको छ ।

विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ खुवाउनुभयो ।

यस्तै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराउनुभयो । मन्त्रिपरिषद्मा केही हेरफेरसमेत गरिएको छ । संस्कृतिमन्त्री रहनुभएका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइमन्त्री तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार तोकिएको छ ।

राप्रपाका तर्फबाट पर्शुराम तामाङलाई संस्कृति राज्यमन्त्रीको जिम्मा दिइएको छ ।

dilnath-giri

यसअघि सो पार्टीका तर्फबाट दीपक बोहरा र विक्रम पाण्डे अहिलेको मन्त्रिपरिषद्मा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij