२०८३ भाद्र २२ सोमबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
95
Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग

काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सोमबार गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

चेक हस्तान्तरण गर्दै महामन्त्री पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको बताए।

उनले विपद्का समयमा पीडितको साथमा उभिनुपर्ने भन्दै राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीपीडितको तत्कालीन राहत तथा पुनर्स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाउँदै आएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij