२०८३ साउन ९ शनिबार

महरा काण्डले चम्कियो हिमालयन रिजर्भ ह्विस्कीको व्यापार

ई आर्थिक    आइतबार, असोज १९ २०७६
6.3K
Shares
महरा काण्डले चम्कियो हिमालयन रिजर्भ ह्विस्कीको व्यापार

‘महरा ब्राण्ड’ भन्दै माग्छन् उपभोक्ता !

ई–आर्थिक, काठमाडौं । सभामुख कृष्णबहादुर महराले रोशनी शाही बलात्कार काण्ड हुँदा प्रयोग गरेको ह्विस्कीले एकाएक मार्केट लिएको छ । शाहीको कोठामा दुबैजनाले हिमालयन रिजर्भ ह्विस्की पिएका थिए । उक्त कुरा र यो ह्विस्कीको फोटो मिडियाहरुमा आएपछि हिमालयन रिजर्भ ह्विस्कीको चर्चा एकाएक चुलिएको थियो ।

त्यससँगै बजारमै अभाव हुने गरी यसको व्यापार भएको व्यापारीहरुले बताएका छन् । काठमाडौं देवीनगरको कृतिका स्टोरले यसअघि विक्री नभएर फिर्ता गरेको यो ब्राण्डको ह्विस्कीको डिमाण्ड ह्वात्तै बढेको बताउँछन् । अहिले डिमाण्ड पु¥याउन धौधौ परेकोे उक्त स्टोरले जानकारी दिएको छ । यो ह्विस्कीलाई उपभोक्ताहरु अहिले ‘महरा ब्राण्ड’ भन्दै माग्ने गरेको व्यापारीहरु सुनाउँछन् ।

नयाँ बस्ती जोरपाटीका सर्जु राउतले यसपटक दशैंमा यही ह्विस्की पिएर मनोरञ्जन गर्ने विचार गरेको बताउँछन् । ‘सभामुख महराको बलात्कार काण्डले चर्चा पाएको पाएको यो ह्विस्की कस्तो रहेछ यसपटक टेष्ट गर्न मन लाग्यो’ उनले भने– ‘त्यही भएर आफूले दशैंमा आफू र आफन्तलाई यसको स्वाद चखाउने विचारमा छु ।’ उनले यो ह्विस्की पहिलोपटक प्रयोग गर्न लागेको बताए ।

अहिले यो ह्विस्कीको डिलरमा स्टक नै सकिएको डिलरहरुले जानकारी दिएको छ । बजारमा अभाव भएपनि अहिले नै उत्पादन बढाउने पक्षमा भने कम्पनी छैन । अहिले माग धान्न कम्पनीलाई धौ–धौ परेको बताउँछ ।

शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले उत्पादन गरेको हिमालयन रिर्जन पूर्णतया नेपाली उत्पादन होइन । यसको बोटलिङमात्रै प्रिमियर अर्गानिकले गर्छ । कम्पनीले बाँकी सबै उत्पादनहरु विदेशबाटै आयत गर्ने गरेको छ ।

४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको यो ह्विस्कीको मूल्य प्रतिलिटर ३ हजारको हाराहारीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij