२०८३ साउन ९ शनिबार

खानेपानी संस्थानले २० लिटरको जार ल्याउने, निजीक्षेत्रकाे एकाधिकार ताेडिने

ई आर्थिक    बिहिबार, फाल्गुन २६ २०७३
7.9K
Shares
खानेपानी संस्थानले २० लिटरको जार ल्याउने, निजीक्षेत्रकाे एकाधिकार ताेडिने

काठमाडौँ, २६ फागुन । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार बजारमा ल्याउने भएको छ । संस्थानले दुई हप्ताभित्र  २० लिटरको खानेपानीको जार बजारमा ल्याउने  भएकाे हाे । याे सँगै जारकाे पानीमा निजीक्षेत्रकाे एकाधिकार ताेडिने भएकाे छ ।

काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको संस्थानले जानकारी दिएकाे छ । पानीको जारको मूल्य रु ५२ कायम राखिएकाे छ । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी समेत पूरा गरेको जानकारी दिएकाे छ ।

सबै सरकारी कार्यालयमा पानी वितरण गर्न मन्त्रालयले सहयोग गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताउनुभयो । संस्थानले उत्पादन गरेको पानी गुणस्तरीय रहेको जनाइएको छ । सरकारी संस्थानले पहिलो पटक मिनरल वाटर बजारमा ल्याउन लागेको हो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०६४ फागुन १ गतेदेखि उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखाली) लाई दिएको छ । संस्थानले भने हाल उपत्यका बाहिरका सहरमा मात्र पानीको व्यवस्थापन गर्दै आएको छ ।

संस्थानले विसं २०६४ सम्म उपत्यकालगायत देशका प्रमुख सहरमा खानेपानीको व्यवस्थापन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij