ई–आर्थिक, काठमाडौं । वर्लपुलको शोरूम काठमाडौंको बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा खुलेको छ । वर्लपुल होम नामबाट एकैदिन खोलिएको उक्त शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लालश्रेष्ठ र वर्लपुलका क्षेत्रीय निर्देशक शिवम बाबुले गरेका थिए ।
अमेरिकाको चर्चित ब्राण्ड वर्लपुलको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा लोमश डिजिटल प्रालिले उक्त ब्राण्ड नेपाल भित्र्याएको हो ।

नेपालमा खोलिएको उक्त शोरूममा वर्लपुल ब्राण्डका सबै प्रकारका घरायशी सामानहरू उपलब्ध हुनेछन् । यसरी एकै शोरूममा एउटा ब्राण्डका सबै थरिका सामान पाउने नेपालको यो पहिलो शोरूम भएको छ ।
वर्लपुल होममा वर्लपुलका विद्युतीय घरायसी उत्पादनहरु वासिङ्ग मेशिन, फ्रिज, माइक्रोओभन, एयरकन्डिसन, पंखा लगायतका सामानहरू उपलब्ध छन् । उच्च र मध्यम वर्गियलाई लक्षित गरी खोलिएको उक्त शोरूमबाट अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय ब्राण्ड खरिद गर्न सकिने सञ्चालक प्रज्वलजंग पाण्डेले जानकारी दिए ।

उक्त शोरूममा १२ हजार देखि २ लाखसम्मका विधुतिय सामाग्रीहरु राखिएका छन् । शोरूम खोलिएको अवसरमा कम्पनीले ग्राहकहरुलाई विशेष उपहार समेत दिने भएको छ । यो उपहार योजना दुई हप्तासम्म रहने सञ्चालक पाण्डेले जनाएका छन् ।

उक्त सामान सरल किस्ताबन्दीमा खरिद गर्न फाइनान्सको सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ३५ वटा त्यस्ता शोरुम खोलि निकट भविष्यमा देशभर आफ्ना उत्पादनहरू पु¥याउने योजना राखेको सञ्चालक पाण्डेल जानकारी दिए ।