काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघि पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए ।
आयल निगममा कार्यकारी निर्देशक भएपछि उनले उदयपुर सिमेन्टको महाप्रवन्धक पदबाट सोमबार नै राजीनामा दिएका छन ।
पाँच जनाको ‘सर्ट लिष्ट’ बाट पौडेल समेत, अनिलकुमार झा र तारानाथ पौडेलको नामलाई उद्योग,वाणिज्य मन्त्रालयले शुक्रबार मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो ।
निगमको कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादबलाई पेश गरेको थियो । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् ।
उनी उदयपुर सिमेन्टमा महाप्रवन्धक भएर गएपछि उद्योगलाई युटर्न गरी नाफामा लैजान सफल भएको कारणले पनि उनी छनौटमा परेको स्रोतले जानकारी दिएको छ ।