२०८३ साउन १० आइतबार

नेपाल चेम्बरको शाखा चितवनमा, शाखाका अध्यक्षमा दिर्घमान श्रेष्ठ

ई आर्थिक    मंगलबार, भाद्र ५ २०७५
5.9K
Shares
नेपाल चेम्बरको शाखा चितवनमा, शाखाका अध्यक्षमा दिर्घमान श्रेष्ठ

चितवन, ५ भदौ : नेपाल चेम्बर अफ कमर्शको चितवन शाखा गठन भएको छ । सो शाखा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको छ ।

तदर्थ शाखाका अध्यक्ष दिर्घमान श्रेष्ठका अनुसार १७ सदस्यीय समितिको उपाध्यक्षमा गोपाल भट्टराई, महासचिवमा बालकुमार श्रेष्ठ, सचिवमा मनोज विष्ट र कोषाध्यक्षमा निर्मला पण्डित रहनुभएको छ ।

केन्द्रले जिल्ला जिल्लामा शाखा गठनको प्रक्रिया शुरु गरेसँगै चितवनमा कमर्शको ६६ औं शाखा स्थापना गरेको हो । २००७ सालमा केन्द्रमा स्थापना भएको यस संस्थाले उद्योगी व्यवसायीको हितमा काम गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij