२०८३ साउन ९ शनिबार

सिंहदरबार आसपासको अनाम–एकता मार्ग ३५ बर्षपछि बल्ल कालोपत्रे

ई आर्थिक    शनिबार, बैशाख २९ २०७५
15.1K
Shares
सिंहदरबार आसपासको अनाम–एकता मार्ग ३५ बर्षपछि बल्ल कालोपत्रे

काठमाडौं । मुलुककै प्रशासनिक निकायहरु रहेको सिंहदरबारको पूर्वीभाग अनामनगरमा रहेको अनाम र एकता मार्गको सडक ३५ बर्षपछि बल्ल कालोपत्रे सडकको रुपमा परिणत भएको छ । विकट दुर्गम स्थानका सडकहरु धमाधम कालोपत्रे भइरहँदा पनि सिंहदरबार नजिकैको रहेको सो स्थानमा लामो समयदेखि कालोपत्रे हुन सकेको थिएन ।

अक्सिडेन्टल पब्लिक स्कूल आसपासमा रहेको सो स्थानको उक्त सडक सिंहदरबारको पूर्वी गेटबाट करिब ३५० मिटर मात्रै भित्र रहेको छ । अति व्यस्त बन्न थालेको सो स्थान आसपासमा अहिले दर्जनांै व्यवसायिक तथा सेवामूलक संघ÷संस्था रहेका छन् ।

अनाम मार्गको २२२ र एकता मार्गको २३८ मिटर गरी ४६० मिटर दुबै मार्गको एकसाथ कालोपत्रे भएको उक्त अनाम–एकता मार्ग उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद राईले जानकारी दिए । लामो समयको प्रयास पछि नगरपालिकाले बजेट दिए पछि बल्ल सडक कालोपत्रे भएको अध्यक्ष राईको भनाई छ ।

सो सडक निर्माणमा १ करोड ३० लाख रुपैयाँको हाराहारी लगानीमा निर्माण सम्पन्न भएको थियो । स्थानीय दिपक राईको अगुवाईमा बजेट निकासाको पहल भएको थियो ।

‘लामो समय सडक कालोपत्रे हुन नसकेपछि स्थानीय र विद्यार्थीहरु धुलोको सास्तीबाट हैरान थिए ।’ अक्सिडेन्टल पब्लिक स्कूलका वित्तीय निर्देशक दिपक विष्टले भने– ‘ढिलै भएपनि निर्माण सम्पन्न भएकोमा हामी खुशी छौं ।’ विद्यालयहरु रहेको क्षेत्र भएकाले पनि सो सडकमा दैनिक २ हजारको हाराहारीमा विद्यार्थीहरुको आवत जावत हुने गरेको छ ।

यसपटक पनि बाटो कालोपत्रे गर्न बजेट नआएको भए स्थानीयहरुकै लगानीमा भएपनि सडक निर्माण गर्ने योजनामा जुटिसकेको स्थानीय दिलीप दाहालले बताए । ‘ढिलै भएपनि सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।’ दाहालले भने– ‘सडक निर्माण गर्ने कार्यमा सहयोग गर्नुहुने सबै प्रति स्थानीयहरु आभारी छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij