२०८३ साउन ९ शनिबार

सिकेपछि बिप्लबको पालो, प्रहरीको निगरानी सुरु

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
12.1K
Shares
सिकेपछि बिप्लबको पालो, प्रहरीको निगरानी सुरु

२१ माघ, काठमाडौं । नेपालबाट तराईलाई बिभाजन गर्न तराई क्षेत्रमा अभियान सन्चालन गर्दौ हिडेका सिकेराउतलाई पक्राउ गरेको सरकारले अब नेत्र बिक्रम चन्द बिप्लबलाई पनि पक्राउ गर्ने तयारी गर्न थालेको छ ।

बिप्लबले सशस्त्र युद्दको तयारी गर्न थालेको बिशेष सूचनाको आधारमा उनीमाथि सुरक्षा निकायले निगरानी बढाइरहेको छ । यस क्रममा बिप्लबका कार्यकर्ताहरुको पनि निगरानी गर्न थालिएको छ । सर्बहारा बर्गको मुक्तिको लागि सशस्त्र क्रान्तिको बिकल्प नदेख्ने बिप्लब दुई बर्षअघि मोहन बैद्यसँग सम्पर्कबिच्छेद गरी छुट्टै पार्टी गठन गरेका थिए । तर बिभाजन भएको लामो समयसम्म बिभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै पार्टी केन्द्रीय कमिटी र कार्यकर्ताको चर्को दबाब आउन थालेपछि बिप्लब तुरुन्तै सशस्त्र संघार्षको मनस्थितिमा पुगेको निकट स्रोतले जनाएको छ ।

जनयुद्द कालमा संकलित अत्याधिुनिक हतियार ठूलो संख्यामा उनीसँग रहेकोले उनलाई तत्कालै हतियारको जोहो गर्न नपर्ने श्रोतको भनाई छ । उनी यतिबेला राज्यसत्ताप्रति जनताको बढ्दै गएको बितुष्णा अझ सघन होस भन्ने चाहन्छन् ।

बिहीबार पक्राउ परेका सीके राउतको विशेष प्रभाव रहेको भनिएका तराई मधेसका जिल्लाहरु रहेका प्रहरी कार्यालयहरुलाई गृहमन्त्रालयले सर्कुलर नै पठाएर सिके राउत र विप्लव माओवादीका स्थानीय कमिटीहरुको नाम संकलन गरी पठाउन भनेको छ ।

प्रहरीले सिराहाका विभिन्न स्थानमा सिके राउतको उपस्थिति देखिए पनि विप्लव माओवादीको भने उपस्थिति खासै नदेखिएको प्रतिवेदन प्रहरी हेडक्वार्टरमा पठाएको छ । जस्तै इप्रका लाहानले पठाएको प्रतिवेदनमा त्यहाँ विप्लव माओवादी नदेखिएको उल्लेख छ ।

तर, पहाडका जिल्लाहरुमा भने विप्लव माओवादीको गतिविधि रहेको भन्दै उन्को नाम संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ । संविधानको कार्यान्वयन र निर्वाचनलाई सफल पार्नका लागि देशमा एकातर्फ सिके राउत र अर्कातिर विप्लव माओवादी मुख्य चुनौती रहेको सरकारको विश्लेषण छ । र, यही कारणले गृहमन्त्रालयले सिके राउतका कार्यकर्तासँगै विप्लव माओवादीको पनि निगरानी बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij