१६ भदौ, काठमाडौं । उपत्यकाको पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरणको अवस्था बुझ्न बिहिबार आपूर्ति राज्य मन्त्री कर्ण बहादुर बिक सहितको टोलीले नेपाल आयल निगमको थानकोटस्थित डिपोको निरीक्षण तथा अनुगमन गरेको छ ।
चाड पर्ब नजिकिदै जादा पेट्रोलियम पदार्थको अवस्था बुझ्न राज्यमन्त्री बि.कले आकस्मिक रुपमा डिपोको निरीक्षण गरेका हुन् ।
राज्य मन्त्री बिकले अनुगमन गरी सहज आपूर्ति र गुणस्तर कायम गर्न डिपो प्रमुख लाई निर्देशन दिएका छन् । अनुगमनको क्रममा राज्य मन्त्री बिकले भण्डारण क्षमता स्तरोन्नतीका लागि प्रकृया शुरु गर्ने बताए । मन्त्री बि.क ले डिपोको ल्याब तथा अन्य पार्किङ्ग लगायातका समस्यालाई तत्काल सम्बोधन गरेर गरेर बजारमा छिटो इन्धन पुर्याउन र उपभोक्तालाई सहजरुपमा वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा राज्यमन्त्री बि.क ले डिपो प्रमुख तथा अन्य कर्मचारीलाई सेवाग्राहीहरु प्रति जवाफदेहि, पारदर्शि र प्रभावकारी ढंगबाट सेवा प्रबाह गर्न निर्देशन दिएका थिए । सो क्रममा डिपो प्रमुख नेत्र काफ्लेले वितरण लगायत डिपोमा रहेका अन्य विविध समस्याका बारेमा जानकारी गराएका थिए ।